रामेछाप सम्पर्क समितिलाई १ करोड ९२ लाख वोन नाफा

कार्यक्रमको नाराभन्दा विपरित लगानी

दक्षिण कोरिया

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले गत छुसकमा तीन जिल्लाको संयुक्तमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाबाट एक करोड ९२ लाख ५७ हजार १ सय २४ वोन खुद नाफा भएको भएको छ । गत आइतबार सउलमा जिल्लाको बृहत् भेला गरी आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आर्थिक विवरण प्रस्तुत गरेको थियो ।

नाफा रकम कार्यक्रमको नारा विपरित लगानी गर्ने निर्णय गरेको छ । कार्यक्रममा ‘प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’, ‘दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोगार्थ’ भन्ने नाराका साथ तीन जिल्लाले गायक राजु लामाको मंगोलियन हर्ट ब्याण्डको कन्सर्टसहित अन्य कलाकारहरूको साथमा सांगीतिक धमका सम्पन्न गरेको थियो । कार्यक्रम हुनुभन्दा पहिला यस कार्यक्रमबाट जति मुनाफा हुन्छ त्यसलाई दुर्गमका शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने आयोजकहरूले बताएको थियो ।

समितिको बैठकले एक करोड ६० लाख भन्दा बढिको दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । अक्षयकोषका बार्षिक ब्याजबाट आर्थिक अबस्था कम्जोर भएको रामेछापको प्रत्येक गाउँपालिका र नगरपालिकाको कम्तिमा एक/ एक जानालाई नगरपालिका र गाउँपालिकाको सिफारिसमा आर्थिक सहयोग प्रदान गरिने भएको छ । यस कामको लागि विभिन्न नियम बनाउनुका साथै कोषमितब्ययी पारादर्शी र ब्यबस्थित बनाउनको लागि विभिन्न संयन्त्र बनाएको अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिए । उनले जिल्लागत सहयोग र संयुक्त सहयोग अझै संकलन हुन बाँकी रहेकोले कुल मुनाफा २ करोड बढी पुग्नसक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया