शैलुङमा अनुगमन

दोलखा, शैलुङ
दर्पण संचार डट्कम

जिल्ला समन्वय समिति दोलखाले शैलुङ गाउँपालिकामा अनुगमन गरेको छ ।

आइतबार समितिका प्रमुख डबल पाण्डेसहितको टोलीले गाउँपालिकामा भइरहेका विकासका बारेमा अनुगमन गरेको हो । समितिले शैलुङका विभिन्न योजना र संघीय सरकार, प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको योजनाको अनुगमन गरेका थिए ।

गाउँपालिकादेखि वडाहरुमा जोडिएको सडक, गाउँपालिकाको भवन, शैलुङ रंगशाला लगायको क्षेत्रमा विकास निर्माणका बारेमा अनुगमन गरेको समितिका प्रमुख पाण्डेले बताए । उनले थपे – शैलुङ गाउँपालिकाले अन्य ठाउँकोभन्दा विकासमा प्रभावकारी काम गरेको छ । र शैलुङका लागि समन्वय समितिले गर्नुपर्ने सहयोगमा कन्जुस्याइँ नगरी सहयोग गर्छौ ।

अनुगमनका क्रममा गाउँपालिकाका विभिन्न वडाहरू जोड्ने फराकिली ग्रामीण सडकहरू धमाधम स्तोरउन्न्तीको काम भइरहेको र शैलुङ रंगशालाको समेत निर्माण भइरहेको पाइएको बताए  ।

गाउँपालिका अध्यक्ष भरत दुलालले अनुगमन टोलीलाई गाउँपालिकाको मेरुदण्डनै सडक भएकाले केन्द्र र प्रदेश सरकारका अधिकांश अनुदान सडक स्तरोन्नतिमा लगाएको जानकारी दिए । दुलालले योजनाहरुको केही भुक्तानी गरेको र बाँकी भुक्तानीको आन्तरिक कार्य अन्तिम चरणमा पुगेको बताए ।

तपाईको प्रतिक्रिया