साउदी किरायाद्वारा तीनजनाको बिदाइ

रविन थुलुङ राई संवाददाता
दमाम, साउदी

किराँत राई यायोक्खा शाखा साउदी अरबले सल्लाहकार, महासचिव र कोषाध्यक्षको बिदाइ गरेको छ ।

यायोक्खाले जनवरी १० तारिख शुक्रबार अल-खोबरस्थित क्लासिक होटलमा एक कार्यक्रम गरी सल्लाहकार दिलकुमारी राई, महासचिव सोनाम राई र कोषाध्यक्ष समीर राईको बिदाइ गरेको हो ।

किराँत राई यायोक्खाकी सल्लाहकार दिलकुमारी साउदीलाई बिट मार्दै स्वदेश फर्किन लागेकी हुन् । बिगत लामो समयदेखि साउदीमा कार्यरत उनी किराया शाखा स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रही आएकी थिइन् ।

त्यसैगरी महासचिव सोनाम र कोषाध्यक्ष समीर पनि साउदीलाई बिट मार्दै स्वदेश फर्किदै छन् । उनीहरू भने बिगत ४ वर्षदेखि साउदी अरबमा कार्यरत थिए । तीनैजनालाई किराया साउदीले सम्मानपत्र, खादा तथा मायाको चिनो स्वरुप विभिन्न उपहारहरू प्रदान गरेका थिए ।

बिदाइ पाएका तीनजनाले नेपाल पुगेपछि यायोक्खा केन्द्रीय कार्यलयसँग समन्वय गरेर किराँतीहरुको भाषा, धर्म, संस्कृति, संस्कार, लिपी लगायतको संरक्षण तथा सम्बर्द्धनमा लागिरहने प्रतिबद्धता गरे ।

तपाईको प्रतिक्रिया