दूधपोखरीमा अवरुद्ध विद्युत आजबाट सुचारु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
शैलुङ गाउँपालिका, दोलखा

दोलखा शैलुङ गाउँपालिका-१, दूधपोखरीस्थित, कोलमखान, सर्पसत्प, घले गाउँमा एक हप्तादेखि अवरुद्ध विद्युत आजबाट सुचारु भएको छ ।

गत पुस १९ गतेदेखि पानी, हिउँको कारण ट्रान्सर्फमर पड्किदा विद्युत अवरुद्ध भएको थियो ।

पहिलोपटक ल्याएको ट्रान्सर्फमर पड्केको र दोस्रो पटक ल्याएको ट्रान्सर्फमरबाट शनिबारदेखि विद्युत सुचारु भएको वडा नं. १ की महिला सदस्य उर्चोम तामाङ जानकारी दिइन् । ट्रान्सर्फमर पड्केपछि बत्ती कहिले आउने भनेर लाभान्वित घरधुरी चिन्तित थिए ।

दोस्रोपटक पनि प्राधिकरणको पहलमा चाँडै ट्रान्सर्फमर ल्याएपछि सेवाग्राहीले बत्ती बाल्न पाएको स्थानीय सङमान मोक्तानले बताए । १५ भोल्टेजको उक्त ट्रान्सर्फमरबाट ७३ घरधुरीले सेवा लिइरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया