प्रतितोला सुनमा ४ सय रुपैयाँले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँ तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार ३००रुपैयाँमा खरिदबिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ८९० रुपैयाँ तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

तपाईको प्रतिक्रिया