एसईई उतीर्णलाई सम्मान

सर्लाही

हरिवन– ८ सर्लाहीका महादेव जनता नमूना उमाविबाट यस वर्ष एसईई उतीर्ण विद्यार्थीहरु सम्मानित भएका छन् । विद्यालयका पूर्व विद्यार्थी समाजले एसईई उतीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रम बीच सम्मान गरेको हो ।

विद्यालयबाट यस वर्ष ९५ जना विद्यार्थीहरु एसईई परिक्षामा उतीर्ण भएका छन् । उनीहरुलाई उच्चशिक्षा आर्जनका लागि शुभकामना दिँदै मायाको चिनो समेत प्रदान गरेको समाजका सह-संयोजक विप्लव कार्कीले जानकारी दिए । सम्मन कार्यक्रम समाजका संयोजक एवं निवर्तमान अनेरास्ववियुका केन्द्रिय सचिव आरती लामाको अध्यक्षतामा भएको थियो । 

विद्यालयबाट ए ग्रेड ल्याएका युनिका ढुंगेल (३.५५ जिपिए) र करण प्रसाद रिमाललाई प्रोत्साहन स्वरुप जनही २ हजार र बी प्लस ल्याएका ७ जनालाई जनही १ हजार नगद समेत वितरण गरेका छन् ।

यसैगरी उत्कृष्ट अंक ल्याएका एक जनालाई काठमाडौंको लुम्बिनी कलेजमा छात्रवृत्तिको व्यवस्था मिलाइएको समाजका सदस्य विनेश कार्कीले बताए । एसईई उतीर्ण विद्यार्थीहरु सोही विद्यालयमा पढ्न चाहेमा समाजकै सदस्य युवराज भण्डारीको तर्फबाट स्टेशनरी सामाग्री निशुल्क उपलब्ध गराईदिने बताए ।

जनता उमावि जिल्लाका सामुदायिक विद्यालयहरु मध्येकै उत्कृष्ट विद्यालय भएकोले यसै विद्यालयबाट एसईई उतीर्ण विद्यार्थीहरु यसै विद्यालयमा अध्ययन गरेमा वडाध्यक्ष यज्ञविनोद ढुंगेलले दुईवटा साइकल प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

वि. सं. २०१६ सालमा स्थापना भएको विद्यालय २०७४ सालबाट नमूना विद्यालयको रुपमा घोषित भएका थिए । यो वर्षदेखि कक्षा ९ बाट बाली विज्ञानतर्फ प्राविधिक शिक्षा लागु गर्ने लक्ष्य रहेको प्रधानाध्यापक जयशंकर सिंहले बताए । अहिले १६ सयको हाराहारीमा विद्यार्थी संख्या रहेको उनले जानकारी दिए ।

शिक्षिकालाई बिदाई

त्यस्तै कार्यक्रम २५ वर्ष देखि अस्थाई शिक्षिकाको रुपमा कार्यरत हाल  शैक्षिक अवकाश लिई बसेका शिक्षिका सावित्रा सुवेदीलाई विद्यार्थी, शिक्षक, शिक्षिका लगायतले मायाको चिनो प्रदान गर्दै बिदाई गरेको थियो ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका