सर्बोच्च बिकास सहकारीको लाभाँस वितरण

काठमाडाैं

श्री सर्बोच्च बिकास बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं बार्षीक साधारण सभा सम्पन्न भएको छ ।

आब २०७५÷२०७६ मा संस्थाले १३ लाख २० हजार मुनाफा गर्न सफल भएको छ । शेयर सदस्यलाई १८% लाभाँस बितरण गरिने सभामा घोषणा गरिएको थियो ।

सो अवसरमा संस्थामा कारोवार गर्ने उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ कर्मचारी तथा बिभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरियो ।

सभाले तुलबहादुर बडालको अध्यक्षतामा नयाँ सञ्चालक समितिको चयन गरेको छ । यसैगरी सभाले कृष्णकुमार लामाको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिको पनि चयन गरेको गरेको छ ।

तपाईको प्रतिक्रिया