माघ १ गतेदेखि श्री एयरलाइन्सले जनकपुर उडान भर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ ।

कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया