जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
चितवन

नेपाल तरुण दलका सुर्खेतका अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

विष्टले  फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ उक्त रकम प्रदान गरेको हो ।

उनले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिए ।

उनले सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप ५१ हजार १११ रुपैयाँ प्रदान गर छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया