बागलुङमा मेयरकप फुटबल हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
बागलुङ

आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ ।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको मेयर जनकराज पौडेलले जानकारी दिए ।

‘खेलको प्रवर्द्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो’, पौडेलले भने, ‘खेलकूदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।’

नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न २१ लाख ९६ हजार ११० रुपैयाँ बजेट विनियोजन गरेको छ । १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल।संघका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले दुई लाख रुपैयाँ र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समानस्वरुप जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । प्रतियोगीका म्यान अफ दि म्याच हुने खेलाडीले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया