प्रधानको मायामा एलिशा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

गायक भिम रुम्दाली राईको दिलमै बस्योकी बोलको गीत मंगलबार सार्वजनिक भएको छ ।

सर्वजित राईको शब्दमा संगीतकार निरोज लामाले संगीतको रचना र संयोजन गरेका हुन् । नितिन चन्दको निर्देशनमा बनेको यस गीतको भिडियोमा एलिशा राई र निराजन प्रधानले अभिनय गरेका छन् । भिडियो छायांकन र सम्पादन दिपुकृष्ण डंगोल´ दिप्सन`ले गरेका हुन् ।

पिरतीको नशा चढेपछिको अनुभुती गीतमा व्यक्त गरिएको छ । मोडल प्रधानले आफ्नो प्रेमिका एलिशालाई नदेखेपछिको क्षण बताउदै तिमीलाई पनि त्यस्तो हुन्छ कि हुदैन भनेर प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया