ल्होछारमा २ दिन बिदा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
दुप्चेश्वर, नुवाकोट

नुवाकोट दुप्चेश्वर गाउँपालिकाले सोनाम ल्होछारमा २ दिन सार्वजनिक बिदा दिने भएको छ ।

पुष १५ गते गाउँपालिका कार्यसमितिले गरेको निर्णय अनुसार यही माघ १० र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘जीवा ल्हो’ मुसा वर्गको अवसरमा सङ्घीय मुलुकको समावेशी अवधारणा अनुसार ८२% तामाङ समुदाय भएकोले सांस्कृतिक पर्वको सम्मानार्थ बिदाको निर्णय गरेको गापा अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी गजुरेलले विज्ञप्ती जारी गरी ल्होछारमा दुई दिन सार्वजनिक बिदा दिने पुष्टि समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका