सिजोहरु


रसिलो ओठ तिम्रो सधैंभरि चुम्न पाउँ
प्रस्ताव तिम्रो मेरो बाँकी कुरा अझै रह्यो
तात्तिँदो बैँस जीवन खुसीसाथ बिताऔँ ।

प्रियसी हाँसिदिंदा मन पनि खुसी हुन्छ
कहिले काहीँ भेट्दा गफ गर्दै नजिकिँदै
सम्झाई बुझाउँदामा आँखातरी झस्किन्छ ।

तिमीले माया दियौ लुकाएर भित्रै राखेँ
खुसीका लामो यात्रा टेक्दै टेक्दै तिमीसँगै
गहिरो जोडेको माया हाँस्दाहास्दै बितेछ ।

मायाको बगैँचामा बसिहालौँ सँगसँगै
तिमीले चाहे मात्र भने जस्तै तारा झर्छ
नि:शब्द भइरहँदा तिमीलाई बुझिनँ ।

बितेका पलपल नाचिदिन्छ आँखाभरि
बिर्सन खोजिदिँदा गाँठो पर्छ मन मुटु
सम्झना ताजा बनेर आँखाभित्रै टाँसिन्छ ।

चर्केको ऐना हेर्दा बिग्रिएको अनुहार
उज्यालो दिनेलाई खोजीखोजी हेर्नुपर्छ
ऐनामा टाँस्सिँदै हेर्दा भुलिएछ जिन्दगी ।

मनमा पीर बोकी बाँचिरहे आजसम्म
सुनाउँ कसलाई आफ्नो भन्ने कोही छैन
कर्मले ठगिएपछि कुर्नुपर्‍यो गुम्सेर ।

कठोर मनलाई फुकाएछु आफ्नै लागि
खुलेर भन्नुपर्ने मनभित्र गुम्साएछु
भागेछ पाहुनाजस्तै चारैतिर हेरेर ।

हैसियत आफैलाई लाज भयो
लाजले छोपिदिँदा घृणा जाग्यो आफैभित्र
घमण्ड फाल्नुपर्दछ आफैलाई सुधारी ।

१०

बाँचेर इमान्दार हुनुतर्फ सधैँभरि
इमान जमानमा अड्नुपर्छ हामी सबै
सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति ।

११

जलेर मैनबत्ती अर्कालाई खुसी दिन्छ
हेरेर सिक्नुपर्छ आफैबाट सुरुवात
चेतना वृद्धि भएमा खुसीयाली फैलन्छ ।

तपाईको प्रतिक्रिया