ढकालको घरमा बम विष्फोट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ
तस्बिर : अनलाइनखबर

काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित डा. शोभाकान्त ढकालको घरमा आज साँझ बम विष्फोट भएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार नेत्रविक्रम चन्द समूहले विष्फोट गराएको हो । घटना आज साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन ।

विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनको पूर्ण विवरण आइसकेको छैन । ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया