शिशु हत्याको आरोपमा आमा पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
सप्तरी

सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । महिलाको नाम भने प्रहरीले खुलाएको छैन ।

हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको उपरीक्षक भारतीले बताए ।

रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मंसिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

दुई छोराकी आमासमेत रहेकी ती महिलाको श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा रहेको जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया