शैलुङमा स्की र स्नोबोर्ड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
शैलुङ, दोलखा

दोलखाको शैलुङ र कालिञ्चोक हिजोआज हिउँ खेल्नेहरुका लागि आकर्षकको गन्तव्य बन्दै गएको छ । त्यतिमात्रै हैन, स्की र स्नोबोर्डमा रमाउनेहरुका लागि समेत दोलखाको यी स्थान खेल मैदानको रुपमा परिचित हुँदैछन् । प्रतियोगिता नै आयोजना गर्ने हो भने शैलुङ र कालिञ्चोक क्षेत्र स्की तथा स्नोबोर्ड खेल्नका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।

दोलखाको शैलुङ क्षेत्रमा अहिले बाक्लो हिउँ छ । जुन स्की र स्नोबोर्डका उपुयक्त मानिन्छ । त्यसैले मनोरञ्जन लिन पर्यटक सहित खेलाडी र प्रशिक्षकहरुको पनि बाक्लै भीड देखिन्छ । हिउँ पर्नासाथ नेपाल माउण्टेन एकेडमीले आफना प्रशिक्षार्थीलाई प्रशिक्षण दिन शैलुङ पुर्‍याउँछ ।

शैलुङमा त एक सय आठवटा थुम्कामा नै रोमाञ्चक स्की गर्न सकिन्छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुन कै लागि मात्र अस्तित्वमा आएको नेपाल स्की संघले भने यसमा ध्यान पुर्याउन सकेको देखिदैन । बरु शैलुङ क्षेत्रलाई जाडोयाममा स्की र स्नोवोर्ड खेल्नेहरुका लागि नयाँ गन्तव्य बनाउन गाउँपालिकाले पहल थालेको छ ।

प्रशिक्षण गर्ने मैदान नपाएर नेपालका स्की खेलाडीहरुले प्राय अभ्यास गर्नै पाउँदैनन् । शैलुङ र कालिञ्चोकमा वर्षमा कम्तीमा तीन महिनासम्म बाक्लो हिउा रहन्छ । त्यसैले आन्तरिक  र तथा अन्तर्राष्ट्रिय खेलाडीलाई समेत आकर्षण गर्दै यो क्षेत्रलाई प्रचार गर्न सके खेलकुदसँगै भ्रमण वर्षमा पनि टेवा पुग्नेछ ।

कान्तिपुर दैनिक

शैलुङमा स्की

تم النشر بواسطة ‏‎आर्थिक सम्वृद्धिको लागि पर्यटक‎‏ في الاثنين، ١٣ يناير ٢٠٢٠

तपाईको प्रतिक्रिया

पत्रपत्रिका