रोशीले सबै समुदायको चाडपर्वको संरक्षण गर्छ : डिबि लामा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रोशी, काभ्रेपलान्चोक

नेपाल मगर बौद्ध सेवा समाजले रोशी गाउँपालिका-९ मा, बुधबार ‘माघे संक्रान्ती मनाएको छ । समाजले मंगलटारस्थित राजबासमा मगर समुदायको बाक्लो उपस्थितिमा संक्रान्ती मनाइएको हो ।

समारोहमा प्रमुख अतिथि गापा अध्यक्ष दलबहादुर लामा(डिबी मोक्तान)ले आयोजकलाई बिशेष धन्यवाद दिदै स्थानीय पर्वहरुको जगेर्ना गर्नको लागि रोशी सरकार जहिल्यै तत्पर रहेको बताए ।

उनले थपे-‘बहुभाषिक र बहुसाँस्कृतिक मुलुकमा सबै धर्म समुदायको समान अधिकार रहेको छ । त्यसैले संघीय सरकारले सबैको कदर गर्न नसके पनि संबिधानले दिएको अधिकारको सदुपयोग गर्दै माघे सक्रान्तीमा एकदिन सार्वजानिक बिदा दिएको मोक्तानले उल्लेख गरे ।

यसरी नै ७० प्रतिशत भन्दा माथि रहेको तामाङ समुदायको ल्होछारमा ११, १२् र १३ गते सार्वजनिक बिदा निर्णय गरिसकेको पनि अध्यक्ष मोक्तानले बताए । यतिमात्रै नभइ बाबुआमा खुवाउने औंसी लगायतमा पनि बिदा दिएर सबैको पहिचानको सम्मान गरेको व्यक्त गरे ।


जनताको पहिचान र आस्थामा आँच आउन नदिइ न्याय नपाएका उत्पिडित समुदायलाई रोशीमा बसाइँ सरी आउन पनि अनुरोध गरेका छन् । कुनै पार्टीको घोषणापत्रले सबै कुरा पूरा नहुन सक्छ यसर्थ गापाको नीति कार्यक्रम अनुसार जनचाहना जन चाहाना पूरा गर्ने प्रतिबद्धता अध्यक्ष मोक्तानले व्यक्त गरे ।

गापा अध्यक्ष लामाले मगर समुदायले आफ्नो पहिचानलाई जोगाई राख्न सम्बन्धित समुदाय लागिपर्न आग्रह गरे ।
कार्यक्रममा रोशी गाउँपालिका-६ का वडाध्यक्ष एवं रोशी गाउँपालिका प्रवक्ता पदम बहादुर लामाले रोशी सरकारले सबै समुदायहरुको पर्वहरुमा सम्मान ब्यवहार गरिरहेको जानकारी दिए । उनले बिकास निर्माणसँगै रोशीले सबै समुदायसँग सहकार्य गरिरहेको उल्लेख गरे ।

समारोहमा नेपाल मगर संघ प्रदेश नं ३ का अध्यक्ष साधुराम मगरले मगर समुदायले माघ १ गते विशेष रुपमा मनाइरहेको यो पर्व सबै मगरहरुको दशै जस्तै ठुलो चाड रहेको बताए ।

कार्यक्रममा बृद्धबृद्धहरुलाई गाउँपालिका प्रमुख अतिथि लामा, प्रवक्ता लामा र वडा सदस्य मेघबहादुर लामाले खादा टिकाबाट सम्मान गरेका थिए ।

साँस्कृतिक कार्यक्रमसहित बृद्धबृद्धहरुलाई सम्मान गरेको कार्यक्रममा मगर समुदायको कौरा नाच, मारुनी नाच लगायत कलाकारहरुले बेजोड प्रस्तुत दिएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका