रामेछाप मन्थली नगरपालिका -१० चनखुमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले सोनाम ल्होछार विशेष कार्यक्रम गर्ने भएको छ ।
संस्थाले ‘तामाङ भाषा, कला, धर्म, संस्कृति र भेषभुषा हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मुला नाराको साथ ल्होछार विशेष कार्यक्रम गर्न लागिएको अध्यक्ष कुलमान योञ्जनले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार कार्यक्रममा गायक तथा संगीतकार बैरागी मोक्तान, हास्य कलाकार कुईसाङ रुम्बा, गायक तिर्थ विरक्त पाख्रीन, पासाङ लामा लगायतको प्रस्तुति रहनेछन् ।
माघ ११ गते हुने कार्यक्रममा ताम्बा, बोन्बो, लामा लगायत विविध संस्कृति झाँक्री प्रदर्शन हुने सस्थाका सचिव मोतिराज तामाङले बताए ।
संस्थाले स्थापनाकालदेखि गर्दै आएको कार्यक्रमलाई
‘जिवा ल्हो)´ (मुसा वर्ग)सोनाम ल्होछारको अवसर परेर गर्न लागेका हुन् ।