मेगा वैंकको स्याफ्रुबेशी शाखाले कोमिन श्यामेवाङफेल मावि कक्षा १० मा अध्ययनरत छात्रा उर्मिला घलेलाई छात्रबृत्ति प्रदान गरेको छ ।
शाखाका बाल नारी शिक्षा योजना अन्तर्गत सोमबार विपन्न एवं भुकम्पबाट पिडित र जेहेन्दार विद्यार्थी छनोट गरी उनलाई प्रदान गरेको शाखा प्रवन्धक क्षोक्यलदोर्जे लामाले वताए ।
घलेको आर्थिक नाजुक रहेकाले कक्षा १० भन्दामाथि पढ्न नसक्ने अवस्था भएको हुँदा प्रोत्साहनस्वरुप छात्रबृत्ति दिएको प्रवन्धक लामाले बताए ।
उनीले भनिन्, मेगा बैंकले मेरा सपना पूरा गरिदिएको छ । जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिई सहयोग गरेकोमा बैंकलाई प्रधानाध्यापक लोकनाथ नेपालले धन्यवाद दिए ।
२०६७ सालमा स्याफ्रुवेशीमा शाखा स्थापना गरी सेवा सुविधा दिदै आइरहेका छन् । यो हाम्रो नाफामूलक मात्रै नभई सामाजिक सेवामा पनि समर्पित रहेको शाखा प्रबन्धक लामाले बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1