एनआरएनए रियाद पुनर्गठन, अध्यक्षमा हेम सुबेदी

शुक्र मोक्तान संवाददाता
0 Shares
दमाम, साउदी

साउदी अरेबिया एनआरएनए क्षेत्रीय समन्वय समिति रियादको शुक्रबार पुनर्गठन गरिएको छ । क्षेत्रीय समिति हेम सुवेदीको अध्यक्षतामा पुनर्गठन गरिएको हो ।

समितिको महिला उपाध्यक्ष मेनू सिटौला ओडारी, सचिव सुजन शेर राई, कोषाध्यक्ष विवेक श्रेष्ठ, सहकोषाध्यक्ष पूर्ण कुमार मगर चयन भएको छ । अन्य पदाधिकारीहरूको भने समितिको पहिलो बैठकबाट पदपूर्ति गर्ने अध्यक्ष सुवेदी बताए ।

कार्यक्रममा एनआरएनएका संस्थापक महासचिव बिमल गौतम, सदस्यद्वय ओम घले, बिरेन्द्र चौधरी, पूर्व मध्यपूर्व सहसंयोजक राजु सैयद, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, आईसीसी मानार्थ सदस्य रमेश भण्डारीले शुभकामना मन्तव्य राखेको थियो ।

त्यसैगरी नेपाली दूतावासको प्राङ्गणमा भएको कार्यक्रममा एनआरएनए साउदीका अध्यक्ष तेज थापा, महासचिव उमेश भट्टराई, उपाध्यक्ष रोशन श्रेष्ठ, उपाध्यक्ष भोलानाथ पौडेल, नेपाली जन सम्पर्क समितिका सभापति दिपक रेगमी, महासचिव सुरेश राज त्रिपाठी, प्रवासी नेपाली एकता मञ्चका संयोजक शिवराज जैशी, महासचिव राजु खनाल लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका