रौतहटमा ल्होछारको शुभकामना आदानप्रदान

उपेन्द्र गोले संवाददाता
रौतहट

मञ्जुश्री संवत् २८५६ औंँ `जीवा ल्हो´ मुसा वर्ग सोनाम ल्होछारको अवसरमा चन्द्रपुर नगरपालिका-१,ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल तामाङ घेदुङ रौतहटको समन्वय समितिको आयोजनामा `सरकार सोनाम ल्होछारमा सार्वजनिक बिदा गर´ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ प्रदेश नं. २का उपाध्यक्ष यमलाल गोलेले आफ्नो भेषभुषा, कला संस्कृति, मूल्य मान्यता, चाडपर्वको संरक्षण तथा सम्बर्द्धन गर्नुपर्ने बताए । उनले राज्यको नेतृत्व तहमा पुग्न जरुरी रहेकाले संघर्ष गरिरहे तामाङ समुदाय पनि नेतृत्व तहमा पुग्ने विश्वास व्यक्त गरे ।

चन्द्रपुर नपा-१,को मंगलपुरस्थित टासीलिङ्बो बौद्व गुम्बामा भएको कार्यक्रममा गुजरा नगर घेदुङका अध्यक्ष ज्ञान बहादुर बल, फतुवा विजयपुर नगरपालिका घेदुङका अध्यक्ष पदमबहादुर घिसिङ, चन्द्रपुर नगरपालिका घेदुङका लालबहादुर दोङ, भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गोले लगायत रौतहटका तामाङ अगुवाहरुले शुभकामना मन्तव्य राखेको थियो ।

तपाईको प्रतिक्रिया