नाकामा पर्यटकको स्वास्थ्य चेक जाँच गर्ने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

अन्तराष्ट्रिय नाका रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलार्ई स्वास्थ्य अवस्थाबारे चेक जाँच गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार छिमेकी राष्ट्र चीनबाट स्वासप्रस्वासको माध्यमबाट सर्नेे कोरोना भाइरस नेपालमा पनि फैलिने सम्भावना भएकाले चेक गरेको बताए । उनले रसुवागढी नाका हुदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई गढीमा स्वास्थ्य कार्यालयको हेल्पडेस्कबाट चेक जाँच गरिने भएको हो ।

हेल्प डेस्कमा आवश्यक स्रोतसाधन सहितको अनुभवी दक्ष जनशक्तिलाई ३ दिनभित्र नै व्यवस्थापन गरिनेछ, प्रजिअ भण्डारी भने । जिल्ला अस्पताल धुन्चे र स्वास्थ्य कार्यालयलाई कार्यान्वयनका लागी अनुरोध गर्ने गरि २०७६ माघ ८ गते जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको प्रजिअ भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया