सांसद मनाङे पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कास्की

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङेलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए ।

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा गुरुङले उजुरी दिएका थिए ।


तपाईको प्रतिक्रिया