ल्होछारको पूर्वसन्ध्यामा नेपाल तामाङ सस्कृति घेदुङले शुभकामना आदनप्रदान तथा चियापान गरेको छ ।
बुधबार घेदुङको सभाहलमा आयोजित कार्यक्रममा शुभकामना दिदै संस्कृति घेदुङ संघीय अध्यक्ष छेवाङतेन्जिङ लामाले फाग ल्होमा सकरात्मक नकरात्मक कार्यहरु भएपनि यस वर्ष नयाँ जोश जाँगर र उमंग छाउने बताए ।
कार्यक्रममा नेपाल तामङ घेदुङको संघीय बरिष्ठ उपाध्यक्ष बेलीमाया लामा, उपाध्यक्ष कुमार घिसिङ, अमीर मोक्तान, प्रमुख सल्लहकार प्रेम लोले ल्होछार (नयाँ वर्ष)ले नयाँ कार्यको थालनीसँगै परिवर्तनहरु गर्न जरुरी रहेको बताएका छन् ।
यसैग अन्तर्राष्ट्रिय तामाङ परिषद् दक्षिण एसयिाको उपाध्यक्ष कुमार ब्लोन, सचिब रबीन थिङ, संचारकर्मी प्रतिक ङेसुर, बरिष्ठ सेलो गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङ लगायतले शुभकामना दिदै ल्होछारको चर्चा गरेका थिए ।
यसैगरी संस्कृति घेदुङको छैटौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।