सोनाम ल्होछारको रौनकता (फोटोफिचर)

काठमाडाैं

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार (नयाँ वर्ष) जिवा ल्हो (मुसा वर्ग) आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार आजबाट २८५६ औं वर्ष शुरु भएको छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । आज देशभर तामाङ समुदाय ल्होछार मनाएका छन् ।

काठमाडौंको टुडिखेलमा आयोजित ल्होछारमा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी गरिएको थियो । तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकीसहित नगरपरिक्रमा गरेका थिए ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा वर्गमा ल्हो अर्थात् वर्षलाई गरिएको छ । सोहीअनुसार तामाङ जातिले उमेरको गणना गरिन्छ ।

बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा वर्गमा ल्हो अर्थात् वर्षलाई गरिएको छ । सोहीअनुसार तामाङ जातिले उमेरको गणना गरिन्छ ।

तपाईको प्रतिक्रिया