नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव सोमबार भेट्टिएको छ ।
गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३मा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङगेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार हराएका व्यक्तिको खोजीको लागि गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहेका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको समूहले शव भेट्टाएको थियो ।
उनीहरुको खोजीको लागि गाउँपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएपछि परिचालन भएका मध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवैजनाको शव भेटिएको हो ।
शव परीक्षणको लागि हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।