गायक सुर्यको नयाँ गीत ‘फ्याफुल्ला बौद्धला लादा’ {भिडियो}

दक्षिण कोरिया

सेलो गायक सुर्य रुम्बाले तामाङ नयाँ गीति कोसेली ‘फ्याफुल्ला बौद्धला लादा’ बोलको भिडियो दर्शकमाझ ल्याएको छ । उनले चार बर्षपछि नयाँ कोसेली ल्याएका हुन् ।

गीतमा गायक सुर्यको एकल दृश्यमा भिडियो निर्माण गरेको छ । गीतलाई उनकै युट्युब च्यानल रुम्बा टिभिबाट सार्वजानिक गरेको छ । हाल रोजगारीको सिलसिलामा कोरियामा बस्दै आइरहेको छ ।

गायक सुर्यकै शब्द संगीतमा रहेको गीतलाई उत्सव सुब्बा लामाले एरेन्ज गरेको छ । संचारकर्मी शुभराज बोम्जनको निर्देशन सहयोगमा गजेन्द्र बुडा मगरले भिडियो छायांकन गरेको छ । भिडियोलाई बिशाल राज राई सम्पादन गरेको छ ।

हेटौडा टुटेपानीका गायक सुर्यले पहिलो सांगीतिक कोसेली २०६६ मा ‘नाम’ एल्बम् ल्याएका थिए । जसमा आठ वटा गीत समावेश रहेको थियो । त्यसपछि उनेले ६ वटा गीत समावेश रहेको २०७२ मा दोस्रो एल्बम् ‘लक’ ल्याएका थिए ।

निर्माता गोविन्द शाहीको चलचित्र ‘संसार आफ्नै’को गीत ‘फूलै फूल छ यहाँ’को शब्द संगीत गरेको थियो । त्यस्तै नायक तथा निर्देशक किशन बस्नेतको चलचित्र ‘हिरो नं.१ को गीत ‘के गर्नु मंगले’मा शब्द, संगीत र स्वर भरेको छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका