निजगढ नगरपालिका–२ स्थित वडा कार्यालयले स्थानीयको लागि फ्रि वाइफाई सेवा सञ्चालनमा ल्याएको छ ।
स्थानीयमाझ इन्टरनेटको पहुँच पुर्याउने उद्देश्यले बुधबारबाट फ्रि वाइफाई सेवा सुचारु गरेको हो । वाईफाईका दुरी ४० देखि ५० मिटरको टाढासम्म लिने सकिने वडा अध्यक्ष केशवप्रासाद ढोदारीले बताए ।
वाइफाई प्रयोग गरेको २ घण्टाभित्र आफै डिस्कनेक्ट हुने र अश्लिल भिडियो लगायत नचल्ने नगरपालिकाको सुचना अधिकृत प्रमोद न्यौपानेले जानकारी दिए ।
स्थानीय र आर्थिक अभावको कारण इन्टरनेट सुबिधाबाट वञ्चित रहेको स्थानीयको समस्यालाइै हल गर्ने उद्देश्यले वडाको बजेटबाट यो सेवा सुचारु गरेका हो, वडाध्यक्ष ढोदारीले बताए ।
यो वडामा सफल भएमा आउँदो वर्षदेखि सिंगौलस्थित ३ वडा नै बजेट विनियोजन गरी सेवा उपलब्ध गराउने लक्ष रहेको नगरपालिकाले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1