सेयर कारोबारमा नयाँ प्रविधि

काठमाडाैं

नयाँ प्रविधि अनुसार सेयरको दोस्रो बजारमा किनबेच अनलाइन प्रणालीबाट हुने भएको छ । लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा खातामा जम्मा हुनेछ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए । अहिले लगानीकर्ताले एकै दिनमा एउटा बैंकबाट अनलाइनमार्फत बढीमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने व्यवस्था छ ।

सोमबार भएको पत्रकार सम्मेलन गरी सुरुमा केही समस्या आएपनि अहिले कुनै समस्या नरहेको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

नेप्सेका अनुसार दोस्रो बजारमा कारोबार गर्न सक्ने गरी करिब २ लाख ९४ हजार लगानीकर्ताले विवरण अद्यावधिक गराएका छन् । व्यक्तिगत विवरण अद्यावधिक गराएका मध्ये ११ हजार २ सय ४६ जनाले दोस्रो बजारमा कारोबार गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका