तीन बर्षपछि ‘तिमीले बाटो फेरेउ अरे–२’ रिलिज


चर्चित किड्स भर्सन गीत ‘तिमीले बाटो फेरेउ अरे’को दोस्रो भाग रिलिज गरेको छ । ‘तिमीले बाटो फेरेउ अरे–२’ मा पनि बाल गायिका जिग्मे छोइकी घिसिङकै स्वर रहेको छ ।

भाग दुई पनि भाग एक कै लयमा रहेका छन् । यस गीतमा पनि माया–प्रेमकै भाव ब्याख्यन गरिको छ ।
दर्पन राईको शब्द रहेको गीतलाई विक्रम राईले संगीत दिएका छन् । रिकेश गुरुङको एरेन्ज रहेको गीत राजेश श्रेष्ठले रेकर्डिङ गरेका छन् । डम्बर राईले खिचेका भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

भिडियोको अन्तिममा बाल गायिका जिग्मेले पहिलाको ‘तिमीले बाटो फेरेउ अरे’लाई दर्शकले सर्वाधिक माया र रुचाइ दिनुभयो, अहिलेको यो गीतलाई पनि धेरैभन्दा धेरै माया र रुचाइ दिने आशा राखेको बताइन् ।

दर्पण राईले नै लेखेका विगत तीन बर्षअघि रेकर्ड गरेका ‘तिमीले बाटो फेरेउ अरे’ जिग्मेले नै किड्स भर्सनमा सर्वाधिक हेरेका थिए । यस गीतलाई फिमेल भर्सनमा गायिका मेलिना राई र मेल भर्सनमा राजेश पायल राईले स्वर दिएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका