उच्च  प्रविधिमार्फत आँखाको उपचार

काठमाडाैं

काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले उच्च प्रविधिको उपकरणबाट जलविन्दुको उपचार सुरु गरेको छ । ‘सुप्रा ८१० इनफ्रेर्ड लेजर’ नामक उक्त उपकरणले जलविन्दु मात्र नभई आँखाको पर्दासम्बन्धी उपचारसमेत गरिने अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार यो प्रविधिबाट उपचार गराउँदा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्छ । औसतमा ४० वर्षको उमेरबाट देखिने यो रोग वंशाणुगत एवम अन्य कारणबाट हुने गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलविन्दुको कुनै पूर्वलक्षण नदेखिने भएकाले यो रोगले आँखाको दृष्टिमा निकै क्षति पु¥याएपछि मात्र रोगका बारेमा थाहा पाउने गरेका अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिए । जलविन्दुको रोकथाम, उपचार, औषधि, शल्यक्रिया र लेजर थेरापीद्वारा गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका