नुवाकोट सांगीतिक सौगातको नाफा १ करोड

बालबालिकाका लागि शिक्षा र जेष्ठ नागरिकका लागि स्वास्थ्यमा खर्च गर्ने

अमिर योञ्जन संम्वाददाता
0 Shares
दक्षिण कोरिया
फोटो फाइल
फोटो फाइल

नुवाकोट समाज दक्षिण कोरियाले गत सलनालमा आयोजना गरेको नुवाकोट सांगीतिक सौगातको आय, ब्यय लगभग चार महिनापछि सार्बजनिक गरेको छ । कार्यक्रमले १ करोड ३ लाख ६७ हजार १० वन (लगभग १० लाख नेपाली रूपैयाँ) नाफा कमाएको छ ।

फेब्रुअरी ५ तारिक कोरियाको सलनाल पर्बको अबसरमा आयोजित कार्यक्रमको आय, ब्यय विवरण आइतबार आयोजक समितिको बैठकले पारित गरी सार्बजनिक गरेको हो ।

सांगीतिक सौगात २०१९ को आयोजक समितिका आर्थिक संयोजक तथा समाजका उपाध्यक्ष राज दोङ तामाङले आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको थियो । आर्थिक संयोजक तामाङले कुल आम्दानी ४ करोड ९५ लाख ६० हजार ८ सय सत्र वन भएको बताए । जसमा ३ करोड ९१ लाख ७१ हजार ३ सय सात वन खर्च भएको छ । कुल खर्च कटाएर त्यस कार्यक्रमले १ करोड बराबर मुनाफा भएको छ । कुल खर्च मध्ये सबै भन्दा बढी रकम २ करोड ७१ लाख ६ हजार ४ सय ६१ वन कलाकार ब्यवस्थापनमा खर्च गरेको खर्च विवरणमा उल्लेख छ ।

तामाङले आर्थिक सार्वजनिक समापनको क्रममा उक्त कार्यक्रमलाई सफल बनाउन आर्थिक तथा नैतिक रूपले सहयोग आम सहयोगीहरूलाई धन्यवाद दिए ।

समाजका अध्यक्ष सन्तोषकुमार राईले कार्यक्रमको उद्देश्य अनुसार नै काम गर्ने बताएको छ । आयोजकले कार्यक्रम नुवाकोटका विकट गाउँका बालबालिका लागि शिक्षा तथा बृद्ध नागरिकहरूका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भनिएको थियो । अध्यक्ष राईले यसै उद्देश्य अनुरूप व्यवस्थापन तथा अक्षयकोष बारे कार्यविधि निर्माण गरी चाँडै सहयोग गर्ने बताए  ।

कार्यक्रममा नेपालबाट  नेपाल आइडल सिजन-२ का कलाकार रवि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र पवन गिरी आइपुगेका थियो । त्यस्तै चर्चित मोडल रश्मी तामाङ, फुर्के बा र उरुसा जोशी लगायत कलाकार आइपुगेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका