महासंघका अध्यक्षद्वारा छ्योर्तेनलाई सहयोग

दोलखा
PHOTO:

पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले शैलुङका निर्माणाधीन छ्योर्तेनलाई आर्थिक सहयोग गरेको छ ।

महासंघका अध्यक्ष लामाले आफ्नो जन्मदिनको अवसर पारेर छ्योर्तेनलाई १० हजार रुपैयाँ सहयोग गरेको शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार तामाङ थोकरले जानकारी दिए ।

लामा कालिञ्चोक एफएमका स्टेशन म्यानेजर हुन् । उनको नेतृत्वमा पत्रकार महासंघ दोलखाको भवन निर्माण भइरहेको छ ।

दोलखा र रामेछापको संगमस्थल शैलुङमा निर्माणाधीन अवस्थामा रहेका शैलुङ ज्याङछ्युब छ्योर्तेनको ९० प्रतिशत काम सकिएको छ । ५३ फिटे निर्माणाधीन छ्योर्तेन समुद्री सतहबाट ३ हजार १ सय ४५ मीटर उचाईमा रहेको छ ।

तपाईको प्रतिक्रिया