गृह मन्त्रालयको लेटरप्याड छाप र गृह सहसचिव/ प्रवक्ताको नाम र हस्ताक्षर समेत किर्ते गरी नक्कली कागजपत्रहरु तयार पारि ठगी गर्दै हिडेको लक्ष्मी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको अधारमा उनलाई सिहदरवार दक्षिण गेट नजिकवाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले जानकारी दिए ।
अधिकारीले आफ्ना बाबु वहराईनबाट नेपाल आउने क्रममा सुन बढी ल्याएकोले जेल चलान भएकोमा उपचारको क्रममा मृत्यु भएकोले वहराईनबाट क्षतिपूर्ति बापत ९५ करोड रकम र बाबुले जग्गा बेचेको गरी १ अर्व ८ करोड रकम गृह मन्त्रालयमा प्राप्त भएको भन्ने व्यहोराको पत्र समेत प्रवक्ताको नामबाट बनाईएको पाइएको छ । उक्त रकम रोशी गापा-७ का वडा अध्यक्षलाई दिनु भन्ने अर्को पत्र बनाई आफ्नै घरपेटी दामोदर गौतमलाई समेत प्रभावमा पारी ५ जना व्यक्तिहरुलाई गृहबाट अमेरीका पठाउने र भिषा समेत आएको भनी २५ लाख भन्दा बढी ठगी गरेको किर्ते कागज बनाएको खुलेको छ ।
उनीले करोडौ रकम बराबरको पैसा नभएका चेक समेत बैंकहरुमा किलिरेन्स डिपोजिट गर्न र मोवाईल बैंकिङ मार्फत् प्राप्त स्टाटसलाई पैसा भएको भनि देखाई ठगी गर्न उद्धत रहेकोले किर्ते ठगीमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक वोगटीले बताए ।