रोशन फ्युबाकाे गोरी गोरी २ सार्वजानिक (भिडियाे सहित)


गीतसंगीत क्षेत्रमा लामाे समयदेखि सक्रिय गायक राेशन फ्युबाकाे गाेरी गाेरी–२ सार्वजानिक भएकाे छ । आफ्नै शब्द संगीत र स्वर रहेकाे गीतकाे भिडियोमा नायक पल शाह र भुटानका चर्चित नायिका उग्येन् छोदेनकाे जीवन्तको अभिनय रहेका छन् । साथमा म्हेन्दोमाया गायिका छिमी मम्बाको पनि अभिनय रहेकाे छ ।

गीत संगीतकाे माध्यमबाट देशकाे संस्कृति आदानप्रदान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ गाेरी गाेरी २ लिएर आएको गायक फ्युबाले बताए ।

भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन भने राम कुमार केसी ले छायान्कन गरेका छन् । सम्पादन स्वयं गायक फ्युबाले गरेकाे छ । ल्हाप्साङ्कार्पो म्युजिक सेन्टरले निर्माण गरेको भिडियोलाई सोही अफिसियल च्यान्नल मार्फत सार्वजनिक गरेकाे हाे । बिभिन्न १० भन्दा बढी भाषामा सब टाइटल गरिने भिडियोमा सुरुमा ८ भाषामा सब टाइटल गरिएको छ । आगामी दिनमा अरु भाषा मा पनि सबटाइटल गरिने बताइन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका