महिला पत्रकारहरुको १ नम्वर प्रादेशिक भेला सम्पन्न

३ जना सम्मानित

मालती मोक्तान प्रदेश नं. १, संवाददाता
धनकुटा
PHOTO:

प्रदेश १ स्तरीय प्रादेशिक महिला भेला मंगलबार धनकुटाको पाख्रिबासमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ द्धारा आयोजित भेलामा ३ जना महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपसभामुख शिवमाया तुम्वाहाम्फेले सम्बोधन गर्दै महिलाहरु पहिला संस्था र सरकारको प्रमुख हुनुपर्नेमा जोड दिइन् । महिला र पुरुषसँग केन्द्रित गरेर छलफल बहस भए तापनि अझै चाहेको उपलब्धी हासिल हुन नसकेको बताइन् । उनले थपिन, ‘महिला र पुरुषबीचमा सामान्त कायम गर्नका लागि पुरुषलाई पनि सँगै राखेर महिला सामान्त कुरा सिकाउनु पर्ने अहिलेको आवश्यकता रहेको छ ।’

महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले सामाजिक मुल्य मान्यताको कारण आजको कोही नागरिकमाथि पीडा हुनु नहुने बताए । उनले थपे,–“नागरिकको हकअधिकार र पत्रकारको स्वतन्त्रताको लागि प्रस्तावित संचार विधेयकवाधक नबनोस ।”

त्यसैगरी सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सुचना विधेयकको अध्ययन चाहि नगर्ने तर विरोध मात्र गरेर नहुने वताइन् । उनले भनिन, पत्रकारले पहिले अध्ययन गर्नुप¥यो अनि मात्र कहाँ के पुगेन रहेछ । पुष्टीसहित विरोध गर्दा सुहाउने तिम्सिनाको भनाई थियो । उनीले महिलालाई जिम्मेवारी दिएपनि संस्थागत गर्न भने चुनौती रहेको बताइन् । आजकै कार्यक्रम पनि एक उदाहरण हो, तिम्सिनाले थपिन् ।

सोही अवसरमा क्रियाशील तीन जना महिला पत्रकार सुनसरीवाट गंगा पौडेल वराल, मोरङ्गवाट ललिता भट्टराई र झापावाट इन्द्र पुर्वेली सम्मानित भएका छन् ।

भेलामा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, पाख्रीवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना, पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष संजयसन्तोषी राई लगायतले भेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महासंघ १ नम्वर प्रदेश समितिका अध्यक्ष विक्रम लुईटेलको अध्यक्षतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया