सरर… लाङटाङ राष्ट्रिय निकुञ्ज

रसुवा

लाङटाङ हिमालको नामबाट नामाकरण लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत्र ९ गते स्थापना भएको हो । हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण गर्ने उद्धेश्यले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको विभिन्न २१ गाविसलाई समेटि यो निकुञ्जको स्थापना गरेको हो ।

काठमाडाैंबाट उत्तरमा रहेको यस निकुञ्ज १७१० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । सन् १९९८ मा यहाँ मध्यवर्ती क्षेत्र (४२० वर्ग कि.मि.) घोषणा भएपछि मध्यवर्ती व्यवस्थापन परिषद्, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र उपभोक्ता समूहहरु क्रियाशिल छन् ।

काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज क्षेत्र रसुवामा ५७ प्रतिशत, नुवाकोटमा ७ प्रतिशत र सिन्धुपाल्चोकमा ३६ प्रतिशत फैलिएको छ ।

जैविक विविधताले भरिपूर्ण यस निकुञ्जमा उपोष्ण सालको वन, शीतोषष्ण तथा लेकाली वन पाइन्छ । सल्ला प्रजाति, ओक हेमलक नेपाली लार्क र लालिगुराँसका विभिन्न प्रजाति यस क्षेत्रको महत्वपूर्ण वनस्पति हुन् । लाङटाङमा रहेको लेकाली खर्कले कस्तुरी मृग र हिमाली चराका लागि आवश्यक वासस्थान प्रदान गर्न महत्वपूर्ण भुमिका खेलको छ । हाब्रे, हिमाली कालो भालु र हिउँ चितुवा जस्ता दूर्लभ तथा लोपोन्मुख जनावरहरु यस निकुञ्जको अमूल्य जनावरहरु हुन् ।

निकुञ्जमा भ्रमण गर्ने महत्वपूर्ण स्थानहरु लाङटाङ उपत्यका, हेलम्बु र गोसाईकुण्ड पर्दछन् । त्यसैगरी तामाङ संस्कृति तथा प्राकृतिक स्थानहरु पनि रहेका छन् । काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज क्षेत्र रसुवामा ५७ प्रतिशत, नुवाकोटमा ७ प्रतिशत र सिन्धुपाल्चोकमा ३६ प्रतिशत फैलिएको छ ।

प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार पवित्र हिमाल भू–परिधि कार्यक्रमको परिकल्पनालाई साकार पार्न २०६३ साल पुषदेखि डब्लुडब्लुएफ नेपालले पनि सहयोग पु¥याउँदै आएको छ । अहिले निकुञ्ज कार्यालयको माताहतमा रहेर वनसंरक्षण तथा व्यवस्थापन हुँदै आईरहेको छ । अहिले जलवायु परिवर्तन तथा उर्जा, स्वच्छ जलसम्पदा जिविकोपार्जन तथा दिगो सामुदायिक विकास लगायत संरक्षण शिक्षा तथा क्षमता अभिवृद्धि गराई दूर्लभ तथा लोपोन्मुख जनावरको वासस्थान र आहारमा पर्न गएको चाप र चुनौतीका कम गर्ने भू-परिधिस्तर निष्ठा जैविक विविधता पारिस्थितिक प्रक्रिया कायम गर्ने काम भइरहेको छ ।

निकुञ्जसँग संरक्षणको पाटोमा हातेमालो गरेका संस्थाहरु लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, उपभोक्ता समिति र अन्य समूहहरु छन् । यसैगरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, चौरी गोठ तथा खर्क व्यवस्थापन उपसमिति, चौरी शिकार नियन्त्रण समूह, हिउँ चितुवा संरक्षण समूह, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज र हरित पर्यटन युवा समाज नेपाल लगायतले संरक्षणमा सहयोग गरिरहेका छन् ।

प्रमुख संरक्षण अधिकृत रानाका अनुसार चार महिनाको महाहन्ट अप्रेसन र निकुञ्जभित्र गरिएको सर्च अभियानबाट ५३ वटा उपलब्धी हासिल गरेका छन् । महाहन्ट अप्रेसन २०७५ फागुन १ गतेदेखि २०७६ जेठ मसान्तसम्म लागु गरिएको थियो । निकुञ्जको सुरक्षार्थ खटिएको कालिजंग गण र निकुञ्जकै कर्मचारीहरुबाट विभिन्न ठाउँहरुबाट पासो २२ वटा, ट्रोन १२ वटा नियन्त्रणमा लिएका छन् । यसैगरी काठ तस्कर ३ वटा, मरेका जनावर व्यवस्थापन ४ वटा, जनावरको उद्धार २ वटा, यार्सागुम्बा र लागुऔषध १, जडिबुटी १, बालुवा गिटी तस्कर १, चौरीगाईको सिंङ १, याकको पुच्छर २ वटा नियन्त्रणमा लिएका छन् । वन फँडानीको गर्न निरुत्साहित पारेका छन् ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका