प्रदेश सांसद मनाङे नेकपामा प्रवेश

सन्तोष योञ्जन तामाङ
कास्की

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गर्ने भएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार एक कार्यक्रम गरी उनलाई पार्टी प्रवेश गराउनेछ, उनका स्वकीय सचिव जगदीशनाथ योगीले जानकारी दिए।

मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएको थियो । निर्वाचनमा मनाङेले मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरेर विजयी भएका थिए ।

तत्कालीन पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष सजाय सुनाएका मनाङेलाई गत माघमा सर्वोच्च अदालतले उक्त सजाय सदर गरेको थियो । जेल सजायपछि २०७५ पुष पहिलो साता मनाङे थुनामुक्त भए ।

माघ १४ गते अन्ततः सभामुखले सपथग्रहण गराए । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया