घाइते नोर्बुले पाए आर्थिक सहयोग

भक्तपुर

यातायात दुर्घटनामा परी घाइते भएका नोर्बु लामाले आर्थिक सहयोग पाएको छ ।

लामाले बुधबार भक्तपुरस्थित ड्रीम ल्यान्ड किचनमा एक कार्यक्रमका बीच २७ हजार ७ सय रुपैयाँ सहयोग पाएको हो ।

सिन्धुपाल्चोक लिसंखुपाखर-४,भुल्भुलेका घाइते लामालाई सोही वडाका समाजसेवी गौतम लामाको पहलमा आर्थिक संकलन गरेका थिए । संयोजक लामाका अनुसार घाइतेको उपचारार्थ देशविदेशबाट सहयोग आउने क्रम जारी छ ।

घाइते लामाले सहयोगी दाताहरूलाई धन्यवाद दिए । उनले आफ्ना उपचारका लागि देशविदेशमा रहेका संघसंस्थाहरू लगायत विभिन्न पेशामा आबद्ध नेपालीहरुलाई सहयोग आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका