अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) को पूर्वी क्षेत्रिय समितिको सम्मेलन थाइल्याण्डमा हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी जुन २२ मा थाइल्याण्डको बैककमा सम्मेलन हुने जानकारी दिएको हो ।
सम्मेलनमा पूर्वी एसिया अन्तर्गतका राष्ट्रहरु थाइल्याण्ड, जापान, दक्षिण कोरिया,मलेशिया, हङकङ, बर्मा, मकाउ, सिंगपुर, चीन लगायत ९ वटा र संघसंस्थाका प्रतिनिधिहरुले भाग लिने परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङले जानकारी दिए ।
सन् २००२ मा स्थापित परिषदको भारतको मिरिक, दार्जि्लिङमा सम्पन्न भएको चौथो सम्मेलनबाट परिमार्जित विधान अनुसार संसारभरका तामाङ संघरसंस्थाहरुलाई समेट्ने उदेश्यले पाँच वटा क्षेत्रीय समन्वय समितिले ब्यवस्थापन गर्ने जनाएको छ ।
उक्त सम्मेलनले परिषदको उपाध्यक्षको अगुवाइमा विभिन्न देशका प्रतिनिधि सम्मिलित एक पूर्वी एशिया क्षेत्रीय समन्वय समिति पनि गठन गर्ने जानकारी दिए ।