सर्लाहीमा जारी प्रदेश नम्बर दुई स्तरीय दोस्रो हरिवन मेयरकपको उपाधि पर्साले उचालेको छ । फाइनलमा धनुषालाई हराउँदै पर्सा विजेता बनेको हो । धनुषा उपविजेतामा सिमित भएको छ ।
पहिलो हाफको २४ औं मिनेटमा धनुषाका किपर अगाडी बढ्दा पर्साका चतुर्धन चौधरीले चलाखी पुर्ण गोल गर्दै पर्साले १ गोलको अग्रता लिए । कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको खेलमा धनुषा धेरै नै राम्रा अवसर गुमाउन पुग्दा गोल भने फर्काउन सकेनन्।
प्रतियोगिताको विजेता बन्दै पर्साले नगद १ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै खेलको म्यान अफ सिरिजबाट धनुषाका जनक कार्की घोषित भए । उनले १० हजार प्राप्त गरे । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरु उत्कृष्ट प्रशिक्षक चन्द्र स्याङतान सर्लाही टिमबाट, उत्कृष्ट गोल रक्षक पर्साका दिलमणि चौधरी, म्यान अफ दि म्याच पर्साका आशालाल कुँवर, उत्कृष्ट मिड फिल्डर पर्साका मनोज चौधरी, उत्कृष्ट फिल्डर धनुषाका सदाम खान, र उत्कृष्ट डिफेन्डर पर्साकै मनोज चौधरी घोषित भएका थिए । उनीहरुले जनही ५।५ हजार प्राप्त गरे ।
असार ९ गतेबाट सुरु भएको प्रदेश स्तरीय दोस्रो हरिवन मेयरकपमा प्रदेश दुईका आठ वटा जिल्ला र सर्लाहीको दुई वटा टिमगरी जम्मा ९ वटा टिमको सहभागीता रहेको थियो।