नगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्य राखिरहँदा फुटबलको विकासको लागि पनि स्पोर्ट एकेडेमी तयार गर्न लाग्नुपर्नेछ । प्रदेश २ मा प्रदेश स्तरीय मेयरकपको समापनमा सम्बोधन गर्दै बुधबार राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले प्रदेश स्तरीय दोस्रो मेयरकप नभई राष्ट्रिय लिग खेललाई टप्ने खेल भएको बताए ।
देशभरि नै खेलको पुर्वाधार विकासका लागि काम गरिरहेकोमा यस जिल्लालाई पनि राखेपले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
दोस्रो हरिवन मेयरकपको उपाधि पर्साले उचालेको छ । फाइनलमा धनुषालाई हराउँदै पर्सा विजेता बनेको हो ।
अखिल नेपाल फुटबल महासंघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले हरिवन नगरपालिकामा खेलकुदको राम्रो विकास हुन सक्ने सम्भावना देखिएको बताए । खेलकुदको विकासमा निरन्तर लाग्नसमेत आग्रह गरे ।
नगरपालिकाको सहयोगमा एन्फाले आउने केही महिनादेखि नै प्रत्येक शनिबार ग्रास रुट सञ्चालन गरिनेछ । १२ वर्ष भन्दा माथिकालाई राष्ट्रिय टिममा छनौटका लागि प्रयास गर्नेछ । फुटबलको विकासमा महत्त्वपूर्ण भुमिका खेलेकोमा हरिवन नगरपालिकालाई एन्फा डेमा सम्मान गरिने घोषणा समेत गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
पुर्व खेलाडी सम्मानित
हरिवनमै रही फुटबलमा योगदान पुर्याएका पुर्व खेलाडीलाई आयोजकले सम्मान गरेको छ । पुर्व राष्ट्रिय खेलाडी जुमानु राईका पिता जितेन्द्रकुमार राई, लालबहादुर स्याङतान, जीवन पुलामी, मदन थापा, मिस्रीलाल चौधरी, सुमनतिलक संदाली, दिपक लामा, रतन भुजेललाई सम्मान गरेको हो ।