रेनोको विराटनगरमा महावीर अटोमोबाईलस्

विराटनगर
PHOTO:

नेपालका लागि रेनो गाडीहरुको अधिकृत वितरक एडभान्स अटोमोबाईल प्रा.लि.लेविराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले “महावीर अटोमोबाईलस्” शोरुमको उद्घाटन गरेको छ । अटोमोबाईल ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रेनोको नयाँ शोरुम जुलाई १ तारिकबाट संचालनमा आईसकेको छ । यो रेनोको यस्तो प्रकारको पहिलो शोरुम हो ।

नयाँ शोरुममा रेनोको डस्टर, क्वीड र क्याप्चर गाडीहरु उपलब्ध रहेका छन् । साथै नयाँ शोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्टस्को पहुँचलाई सहज बनाउनेछ ।

उद्घाटनमा बोल्दै एडभान्सका मार्केटिङ म्यानेजर सन्दीप क्षेत्रीले ‘हामी विराटनगरमा नयाँ २ तल्ले शोरुम उद्घाटन गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो रेनोको नेपालमा पहिलो २ तल्ले शोरुम हो । रेनोले देशभरका ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्न आधुनिक तथा नवीनतम प्रविधिहरु ल्याइरहेको छ । रेनो देशभरका ग्राहकहरुलाई छिटो तथा थप गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ । हामी सदैव ग्राहकहरुको आवश्यकतालाई मध्येनजर गरिरहेका छौं र ग्राहकहरुको रेनो गाडीप्रतिको बढ्दो मागले हामीलाई यहाँसम्म आइपुग्न उत्प्रेरित गरेको छ ।’

यो रेनोको विराटनगरमा पहिलो पूर्ण सुविधा सहितको २ तल्ले शोरुम हो । यो शोरुमसँगै समग्र प्रदेश नै विभिन्न तरिकाबाट लाभान्वित हुनेछ, एडभान्सका डिलर म्यानेजर विपुल भट्टराईले भने ।

तपाईको प्रतिक्रिया