नेपाली फिल्म ‘सरौतो’ को गीत ‘कुले दाई’ बुधबार सिभिल ट्रेड सेन्टरको हलमा सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटी शब्द, गायन र संगीतमा उक्त गीत आएको छ । उनलाई गायिका मिलन नेवारले साथ दिएकी छन् ।
गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नीसिंहले नाचेका छन् । गीतमा सुमी र सन्नीसँगै बेहुला तथा बेहुलीका रुपमा पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् ।
फिल्ममा सुमी र सन्नीसँगै बरिष्ठ अभिनेताद्वय विजय लामा र युवराज लामा, धिरेन शाक्य, अमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, महिषा पुनमगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ, चाँदनी मोक्तान, अमर रठौर, पराक्रम पिजेबी राणा, लगायतको अभिनय रहेको छ ।
हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्मको गीत सार्वजनिक कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, कलाकार दीपकराज गिरी, केदार घिमिरे, एक्टर मनिष श्रेष्ठ, निर्देशक तथा कलाकार आसिफ शाहले शुभकामना दिएका थिए ।
बिराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाई रिभेन्ज स्टोरी भनिएको छ ।
फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेका छन् ।
फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । गीतमा राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङको स्वर रहेको छ ।
https://youtu.be/0CuaNAnyAfs?t=286
काठमाडौं र सिम्रौनगढ लगायतका स्थानमा यसको छायांकन गरिएको छ ।
राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
फिल्मको निर्माता सिर्जना जोशी हुन् । हिजो अाज लोकभाका शैलीका गीतहरू चलचित्रमा अनिवार्य हुदै गएको छ । सराैतो पनि अर्गानिक लोकभाका गीत समावेश गर्न सफल भएको छ । यसो अलावा चलचित्रमा कथा पनि विशुद्ध सामािजक परिवेश समेटिएको निर्माण पक्षको दावा छ । आउँदो कार्तिक २२ गतेलाई रिलिज डेट तय गरिएको छ ।