नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ । आइताबार सउल नेपाल हाउसमा पाँचौ कार्यसमितिको विशेष अधिवेशनले शेर्पाको अध्यक्षतामा १९ जनाको नयाँ कार्यससमिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा वाइबि मगर, उपाध्यक्षमा सोम वाइबा, राजेश चौधरी चयन भएका छन् । त्यस्तै महासचिवमा गोविन्द राई, सचिवमा मनोज वाइबा र कोषाध्यक्षमा एकबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा आङ सोनाम शेर्पा, राजकुमार राई, किशु थापा मगर, सगुन भट्टचन, श्रीप्रसाद श्रेष्ठ, श्री कृष्ण श्रेष्ठ, मानकुमार चौधरी, डोल्मा ओमु ह्योल्मो, तुलबहादुर मगर चयन भएका छन् । अन्य सदस्यहरु भने पहिलो बैठकले सबै मनोनयन गर्ने बताएको छ ।
अधिवेशनको बन्दशत्रका निर्वाचन मण्डलका संयोजक लोचन राई, सदस्यहरु चित्रबहादुर मोक्तान, यम श्रीस मगर, सुरज गुरुङ, पद्मा श्रेष्ठको निर्वाचन समितिले घोषणा गरेको हो ।
महासंघका अध्यक्ष पवन राई लगायत केही सदस्यहरु नेपाल गएका हुनाले विशेष अधिवेशनले नयाँकार्यसमिति निर्माण गर्नुपरेको महासंघका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले अधिवेशनको उद्घाटन शत्रमा जनाकारी दिइन् । अध्यक्ष राई नेपाल गएर पुनः नफर्किएकाले लगाभग डेढ बर्ष महासंघका बरिष्ठ उपाध्यक्ष मल्लिका थकालीले कार्यबाहक अध्यक्षको भूमिका निभाउदै आएका थिए ।
निर्वाचित अध्यक्ष शेर्पा यसअघिका कार्यकालमा नेपाल आदिवासी जनजाति महासंघ ख्वाङजु कोरिया शाखाको कार्यसमिति, शेर्पा संघ कोरियाका कार्यसमिति र महासंघमै सचिव जस्तो पदमा काम गर्दै आएका थिए ।