नबिलका ग्राहकलाई विरानगर अस्पतालमा छुट

बिराटनगर

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पताल प्रा.लि.मा विशेष छुटको व्यवस्था गरिएको छ । नबिल बैंक र बिराटनगर अस्पताल प्रा.लि. (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच हालै सम्झौता भएको हो ।

सम्झौताअनुसार अस्पतालले नबिलका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप अस्पतालसँगको सहकार्य हो । सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास लिएको नबिलका बिराटनगर शाखा प्रबन्धक राजेश दासले बताए ।

सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विश्वास अस्पतालका निर्देशक सुनिल तपरियाले बताए ।

४०० बेड सहितको स्वास्थ्य संस्था, बिराटनगर अस्पतालले १९ बर्षदेखि गुणस्तर एकिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नबिलले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् । देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका