पिपिआरविरुद्धको खोप अभियान सञ्चालन

मालती मोक्तान संवाददाता
धनकुटा

धनकुटाको पाख्रीबास नगरपालीकामा १० वटै वडामा भेडाबाख्रा, च्याङग्रामा लाग्ने माहामारीजन्य रोग पिपिआर विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको छ ।

बिहिबारसम्ममा १४ सय वटा भेडाबाख्रा, च्याङग्रामा पिपिआर विरुद्धको खोप लगाएको पाख्रिबास नगरपालिकाको पशुसेवा शाखा प्रमुख गोरख तामाङले जानकारी दिए ।

नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा माघ २८ गतेदेखि सञ्चालन भएको हो । पिपिआरविरुद्धको निशुल्क खोप अभियान सप्ताहिक कार्यक्रम रहेकोले एक सातामा नगरभित्रका १४ हजार भन्दा बढी भेडाबाख्रामा खोप लगाउने लक्ष्य रहेको प्रमुख तामाङले बताए ।

मौसम परिवर्तनसँगै गर्मी बढ्दै जाने समयमा यो रोग फैलिने गरेको पशुविज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया