तामाङ समाज क्यानाडाको अधिवेशन सम्पन्न

क्यानाडा

तामाङ समाज क्यानाडाको प्रथम अधिवेशन सम्पन् भएको छ । नेपाल तामाङ समाज क्यानाडाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

समाजको जुलाई १ मा क्यानाडाको ब्रम्पटोनस्थित ओन्तरियोमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट राजन तामाङको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति गठन छ ।

समितिको उपाध्यक्षमा विनु लामा तामाङ, महासचिव युवारेन्द्र, मोक्तान तामाङ, सचिव सञ्जीव मोक्तान तामाङ, कोषाध्यक्ष सिता तामाङ, सहकोषाध्यक्ष सानु लामा तामाङ चयन भएको छ ।

त्यसैगरी सदस्यहरू क्रमश कमल मान्बा तामाङ, छिरिङ लामा तामाङ, माया मोक्तान तामाङ, बिबि राज लामा तामाङ, उर्मिला लामा रहेको छ । सल्लाहकारमा डेरिक लामा कामाङ, उर्मिला तामाङ, राम काजी मोक्तान तामाङ, शोभा तामाङ, दावा लामा तामाङलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका