वडाले दिए १० थान कृषि औजार

राजु तामाङ प्रदेश २
0 Shares
सर्लाही, हरिवन

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–८ को सहयोगमा १० वटा कृषक समूहलाई १० थान पावर विडर (झार काट्ने औजार) वितरण गरिएको छ । बिहीबार एक कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गणेशप्रसाद प्रसाई र वडा नम्बर –८ का अध्यक्ष यज्ञविनोद ढुंगेललगायतले वडाका कृषकहरूलाई वितरण गरेको हो ।

वितरणपछि कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईले सम्बोधन गर्दै भने, ‘विषादी हालेको तरकारी खाएर देश सम्मृद्धि हुँदैन ।’ ‘हामीले लगाएको उत्पादनले दुई पैसा देखाओस, नगरप्रमुख प्रसाईले जोड दिंदै भने—यसमा नगरपालिकाले सहयोग गर्न तयार छ जसले राम्रो काम गर्नेलाई प्रेरणा मिलोस ।’ उनले भने विदेशमा गएर बोल्न जानेन भने दुःख  पाईन्छ, रोग लाग्यो भने मृत्यु हुने सम्भावना हुन्छ । स्वदेशमै केही गर्छु भन्ने हिम्मतिला कृषकहरुको जरुरत रहेको बताए ।

१० थान झार काट्ने मिसिनको २ लाख २५ हजार रुपैया लगानी परेको साथै औजारले कृषकहरुको कार्यक्षमतामा  सहयोग पुर्याउने वडा नम्बर –८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेलले बताए ।

पारिजात महिला कृषक समूह, कौवा, चापिनी कृषक समूह, तरकारी फलफूल उत्पादक कृषक समूह डाँडाटोल, नयाँ नेपाल कृषक समूह, नारायण कृषक समूह, जनचेतना कृषक समूह, हातेमालो कृषक समूह, पाख्रिनटोल कृषक समूह, कैलाशपुरी तरकारी समूह र माझिटोल महिला कृषक समूहलाई १–१ थान कृषी औजार प्रदान गरेका थिए ।

कार्यक्रममा राम प्रसाद घिमिरे, चुडामणी वाग्ले, उपप्रमुख रेणुका पौडेल लगायतले आफ्ना मन्तव्य राखेको थियो । कार्यक्रममा जनचेतना महिला समूहका अध्यक्ष अनु ढुंगेलको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका