मेयरले गरे अनुगमन , विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

सर्लाही

सर्लाहीको हरिवन नगरपालिकाले ९ नम्बर वडाका विकास निर्माणका कामहरुको स्थलगत अनुगमन गरेको छ ।

नगरपालिका-९ को आ.व ७५/ ७६ को योजना तथा विकास निर्माणका कामहरुको वडाले बुधबार नगर प्रमुख गणेश प्रसाई सहित संचारकर्मीहरुको उपस्थितमा स्थलगत अनुगमन तथा निरिक्षण गरेको हो ।

वडा नं.९, का अध्यक्ष सीताराम पोखरेलले आ.व. ०७५/०७६ बजेटबाट वडा भित्र भएका भौतिक पूर्वाधार निर्माण लगायत विभिन्न विकास निर्माणका कामको सरोकारवालाहरुलाई स्थलगत निरिक्षण तथा अनुगमन गराएका थिए ।

अनुगमनको क्रममा शिक्षा, सडक कालोपत्रे, खानेपानी, विजुली तथा विभिन्न सिपमुलक आयआर्जन तथा लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि चलाइएको अभियानका बारेमा नगरपालिकाका प्रमुख प्रसाई, विभिन्न्न संघ सस्था, राजनीतिक दलका प्रतिनिधि संचारकर्मी लगायतले अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अनुगमनका क्रममा भएका काम गुणस्तरीय समयसीमा भित्रै पारदर्शी तरिकाबाट गरिएको प्रति वडावासी तथा अनुगमनका सहभागीले वडाध्यक्ष र उपभोक्ता समितिलाई धन्यवाद समेत दिएका वडा सचिव नवराज उप्रेतीले बताए ।

अनुगमनका क्रममा वडाले डुम्री घारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई स्कुल व्याग तथा शैक्षिक सामाग्री समेत प्रदान गतिएका थिए ।  गत वर्ष पनि वडाले यसरीनै सरोकारवालाहरुलाई वडा भित्र भएका विकास निर्माणका कार्यहरुको स्थलगत अनुगमन तथा निरिक्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका